स्वस्थ र सकारात्मक जीवनका लागि अध्यामिक ज्ञान आवश्यक: प्रदेश प्रमुख भट्ट
पाेखरा | जेठ १९, २०८१
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ र सकारात्मक जीवन महत्वपूर्ण रहेकाले यसका लागि अध्यात्मिक ज्ञान आवश्यक रहेको बताउनुभएको छ ।
सभ्य समाज निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएकोमा उहाँले आभार पनि व्यक्त गर्नुभयो ।
प्रदेश प्रमुख भट्टको स्वागत तथा सम्मानमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय पोखराले आयोजना गरेको परिचयात्मक स्नेह मिलन कार्यक्रममा प्रदेश प्रमुख भट्टले आफू यस विश्वविद्यालयको अभियानसँग लामो समयदेखि परिचित रहेको र नजिकबाट चिनेको बताउनुभयो ।
उहाँले अध्यात्म चिन्तनबाट समाजलाई सकारात्मक रुपान्तरण र शान्ति स्थापना गर्नका लागि सक्रिय रुपमा महत्वपूर्ण भूमिका खेलेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको माननीय प्रदेशप्रमुखले मुक्तकण्ठले प्रशंसा पनि गर्नुभयो ।
‘समाजमा देखिएका विकृति, विसंगति, वेथितिलाई निरुत्साहित गर्नका लागि अध्यात्मिक ज्ञान आवश्यक छ । सुशासन कायमसँगै सकारात्मक समाज निर्माणका लागि ब्रह्कुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो देन छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
सुन्दर विचारले जीवन सार्थक बन्ने भन्दै विचार सुन्दर पार्न ध्यान, प्रार्थना, योगको महत्वपूर्ण योगदान दिने बताउनुभयो ।
प्रदेश प्रमुख भट्टलाई निर्देशक तथा अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परनीता दिदी, महासचिव ब्रह्माकुमार शैलेषराज बराल, क्षेत्रीय प्रमुख ब्रह्माकुमारी शोभा दिदी, ब्रह्माकुमार लोकनाथ काफ्ले लगायतले स्वागत तथा सम्मान गर्नुभएको थियो ।
प्रदेश प्रमुख भट्टले पोखराको फूलबारीमा बन्दै गरेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रको निर्माणाधिन भव्य भवनको पनि अवलोकन गर्नुभयो । ३५ करोड बढी लागतमा क्षेत्रीय कार्यालय भवन निर्माण भइरहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

